बिवादित व्यक्ति डा. जागेश्वर गौतमलाई वीर अस्पतालमा प्रवेश गर्न दिदैनौ भन्दै प्रदर्शनमा उत्रिएका अस्पतालका कर्मचारीहरुले यस प्रकरणमा पहिलो जीत हासल गरेका छन् । आफ्ना मागहरु सम्बोधन गर्नुको सट्टा आईतबार प्रहरी लगाएर दमन गरेको भन्दै उनीहरु आक्रोशित थिए ।
सोमबार पनि गौतमको कार्यकक्षमा वार्ता भएको थियो । उक्त वार्ताका क्रममा अस्पतालको प्रमुख प्रशासकीय अधिकारी रहेका गौतमले आफूहरुले स्वास्थ्यकर्मी कर्मचारीहरुका माग पुरा गर्न नसक्ने भएकोले जहाँ जे गर्न सकिन्छ गर्नु भन्दै चेतावनी दिएका थिए । उक्त चेतावनी पछि कर्मचारीहरुले उनलाई कार्यकक्षमै थुनेका थिए ।
कर्मचारीहरुले कुर्सीले हानेर टाउको फुटाए भन्दै प्रह्रीलाई फोन गरेपछि प्रहरीले गएर ताला फोरेको थियो । त्यसक्रममा पनि कर्मचारीहरुसँग प्रहरीको घम्साघमसी भएको थियो ।
त्यस लगत्तै कर्मचारीहरुले प्लेकार्ड बनाएर जागेस्वरलाई प्रवेश निषेध भन्दै प्रदर्शन गरेका थिए । सोमबार नै गौतमको सरुवा प्रसुति गृहमा भएको छ । त्यसपिछ राज्यमन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।




















प्रतिक्रिया