Logo

लोकसेवा

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–८९)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?

उत्तर– सन् २०२१ जुलाई ८

– छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका।

– गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको।

– पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने।

२. २०७९ सालको युवा वर्ष मोती पुरस्कार कसलाई प्रदान गरियो ?

उत्तर– मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान)

– यो पुरस्कार राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको।

– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मृतिमा वि.सं. २०४२ मा स्थापित यस पुरस्कारको राशि रु. ४२,०००।– रहेको।

३. रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलो पटक कुन आवधिक योजनामा ल्याइएको हो ?

उत्तर– १५औँ

– सरकारले २०७६ फागुन १९ मा १५औँ आवधिक योजना (२०७६÷७७–२०८०÷८१) पारित गरेको ।

– पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमा गरिबीको दरलाई ११ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको ।

– यस आवधिक योजनाका लागि आर्थिक क्षेत्रका ३९, सामाजिक क्षेत्रका ३४, पूर्वाधार क्षेत्रका ४०, लोकतन्त्र र सुशासनका १०, अन्तरसम्बन्धित दुई, रूपान्तरणकारी १८ र राष्ट्रिय गौरवका २२ आयोजनालाई अनुमोदन गरिएको ।

– यस योजनामा रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलो पटक अङ्गीकार गरिएको।

– यस योजनामा सुख र समृद्धिका छुट्टाछुट्टै सूचकसमेत निर्धारण गरिएको जसमा सुखका छ र समृद्धिका चार सूचक तय गरिएको।

– पञ्चवर्षीय योजनाले २५ वर्षे दीर्घकालीन सोचसहितका लक्ष्यसमेत निर्धारण गरेको।

४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ?

उत्तर– समृद्ध मुलुकका लागि स्वस्थ नागरिक

– (मन्त्रालयले वि.सं. २१०० सम्मको दीर्घकालीन आधारपत्र तयार गरेको।)

५. लिच्छविकाल र मल्लकालमा शिक्षाको माध्यम भाषा कुन थियो ?

उत्तर– संस्कृत

६. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

उत्तर– राजेन्द्रविक्रम शाह

७. सम्पूर्ण सरकारी कार्यालयमा निशाना छापको प्रचलन कहिलेदेखि लागू भएको हो ?

उत्तर– वि.सं. २०१९ पुस १

– (हाल प्रचलनमा रहेको नयाँ निशाना छाप वि.सं. २०६३ पुस १५ देखि कार्यान्वयनमा ल्याइएको।)

८. जेनेटिक इन्जिनियरिङ (न्भलभतष्अ भ्लनष्लभभचष्लन) लाई अर्को के पनि भनिन्छ ?

उत्तर– म्ल्ब् तभअजलययिनथ

९. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?

उत्तर– मल्ल कालमा

१०. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

उत्तर– वि. सं. २००२ असोज १

– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थए।

– पहिलो पटक रु. एक सय, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो।

– सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए।

११. गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?

उत्तर– सन् १९५५ अगस्ट २७

– (विश्वमा भएका विविध कीर्तिमानहरू उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्र्ड रेकडर््सको पहिलो प्रकाशन सन् १९५५ अगस्त २७ मा बेलायतको लन्डनमा भएको ।)

१२. कुन सङ्गठनलाई युद्धको बच्चा भनी चिनिन्छ ?

उत्तर– लिग अफ नेसन्स

१३. नेपाली सिक्काको इतिहासमा पहिलोपल्ट अङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?

उत्तर– वि.सं. २०६३ साउन (१ रुपियाँको सिक्का)

१४. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?

उत्तर– उत्तरी गोलाद्र्ध

१५. ‘प्रोक्सिमा बी’ के हो ?

उत्तर– पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवन अनुकूल रहेको ठानिएको एक ग्रह

– (प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ। यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा छ ।)

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार ०५:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।