Logo

कोशी प्रदेश

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत कोरोना सङ्क्रमितको मृत्यु



नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिनुभयो ।

मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो । ती पुरुषले केही वर्षदेखि मिर्गाैलाको नियमित डाइलोसिस गराउँदै आएका थिए । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको मृत्युको सङ्ख्या अहिलेसम्म १०३ पुगेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १४:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।