Logo

लोकसेवा

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–९०)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१५. ‘प्रोक्सिमा बी’ के हो ?

 पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवन अनुकूल रहेको ठानिएको एक ग्रह

– (प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ। यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा छ ।)

१६. अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली कहिलेदेखि सुरु गरिएको हो ?

 वि.सं. २०७७ माघ १३

– भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका तीन दर्जनभन्दा बढी निकाय आबद्ध हुनेछन्। यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आपूmसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् । यससँगै फरक फरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ । भन्सार प्रक्रियालाई सरलीकरण गर्न आसिकुँडा लागू भए पनि यी सबै निकायमा छुट्टाछुट्टै जानुपर्ने अवस्था कायमै छ । कागज बोकेर यी सबै निकायमा पुग्नुपर्ने बाध्यतालाई हटाएर डिजिटल प्रणालीबाट सबै काम सम्पन्न गर्ने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गर्न लागिएको हो ।

१. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले भएको हो ?

उत्तर– वि.सं. २०७६ माघ २६

२.. शारदा पत्रिका सर्वप्रथम कहिले र कसको सम्पादकत्वमा प्रकाशित भएको थियो ?

उत्तर– वि.सं. १९९१ फागुन, रिद्धिबहादुर मल्ल

३. नेपालमा चिया खेतीको सुरुवात कहिले र कहाँबाट भएको हो ?

उत्तर– वि.सं. १९२०, इलाम

४. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

उत्तर– मोहन कोइराला

५. हिमालपारिको जिल्ला मनाङको सिङ्गरखर्कमा रहेको कजिन सारा ताल समुद्र सतहबाट कति उचाइमा अवस्थित छ ?

उत्तर– ५००२ मिटर

– मनाङको चामे गाउँपालिकाअन्तर्गत सिङ्गरखर्कमा अवस्थित यस तालको लम्बाइ करिब डेढ किलोमिटर र चौडाइ छ सय मिटर रहेको।

– केही महिनाअघि पत्ता लागेको यो तालको उचाइ तिलिचोकोभन्दा बढी पाइएपछि अब यो ताल विश्वकै सर्वाधिक उचाइमा रहेको ताल बन्न पुगेको। अहिले सर्वाधिक उचाइमा रहेको तिलिचो ताल समुद्री सतहदेखि ४९१९ मिटर उचाइमा अवस्थित रहेको ।

– यो ताल तिलिचोभन्दा उचाइमा रहेकोबारे सरकारको आधिकारिक निकायबाट पुष्टि हुन भने बाँकी रहेको।

– विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको तिलिचो तालको अलावा मनाङमा गङ्गापूर्ण ताल, डोना ताल, ठुलागी ताललगायतका ताल रहेका।

६. हरित सहर भनी हेटौँडालाई चिनिन्छ भने गुलावी सहर भनी कुनलाई चिनिन्छ ?

उत्तर– वालिङ

– (त्यसैगरी सेल्फी सहर भनी धनकुटा, फ्री वाईफाई नगर भनी मटिहानी तथा बालमैत्री स्थानीय शासन नगर भनी देवचुली र सुनवललाई चिनिने।)

७. नेपालमा पहिलो पटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?

उत्तर– वीर अस्पताल (२०७३ साउन १३)

– विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको।

– जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो।

८. सार्वजनिक खरिदसम्बन्धी कामकारबाही कहिलेदेखि विद्युतीय माध्यमबाट गर्न थालिएको हो ?

उत्तर– वि.सं. २०७२ साउन १

– सार्वजनिक खरिदसम्बन्धी कार्यविधिलाई अझ बढी पारदर्शी, विश्वसनीय र निष्पक्ष बनाउन विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) अवलम्बन गर्न थालिएको।

– विद्युतीय खरिद प्रणाली लागू भइसकेपछि मुलुकभरका सबै सार्वजनिक कार्यालयमा खरिद प्रक्रिया एउटै पोर्टलबाट सञ्चालन हुने साथै यस पोर्टलको सञ्चालनसँगै (सार्वजनिक कार्यालयमा) ठेक्कापट्टामा हुने गरेको अनियमितता, ढिलोपन एवं अन्य धाँधली नियन्त्रण हुने विश्वास गरिएको ।

– वि.सं. २०७० भदौ ३ गते विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) पोर्टलको शुभारम्भ भएको थियो भने सार्वजनिक खरिद अनुगमन कार्यालयको आठौँ वार्षिकोत्सवका अवसरमा सिङ्गल पोर्टलमा आधारित यस प्रणालीको पोर्टल डिस्प्ले मोडेलको उद्घाटन गरिएको थियो ।

९. ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?

उत्तर– रणबहादुर शाह

– राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिने।

– भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महत्वका कार्यालयको सुरक्षाका लागि खटाएका।

– चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका।

११.. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

उत्तर– सन् १९९८

– संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन्।

– हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका।

१२. दुई मुलुकबीचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ दस–दस गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?

उत्तर– दसगजा क्षेत्र

– दुई देशबीच कसैको पनि अधिकार क्षेत्रभित्र

नपर्ने मानिएको चौडाइमा दसगज बराबर हुँदै लम्बिएको सीमा क्षेत्र,

– यस क्षेत्रमा दुवै देशको कानुन र प्रशासन लागू नहुने प्रावधान,

– सीमारेखालाई सुरक्षित राख्न दसगजा क्षेत्रको प्रबन्ध गरिएको हो। दसगजा भूमिमा कसैले बसोबास गर्न नहुने, आवाद भोगचलन गर्न नहुने अर्थात् मानवरहित एवं आवादविहीन हुनुपर्ने अन्तर्राष्ट्रिय नियम छ । यही कारणले गर्दा दसगजा क्षेत्रलाई मानवविहीन जमिन भनिएको ।

१३ . एसिया प्रशान्त क्षेत्रका १५ राष्ट्रद्वारा ‘आरसीईपी’ नामक व्यापारिक सम्झौता कहिले गरिएको हो ?

उत्तर– सन् २०२० नोभेम्बर १५

– सम्झौता गर्नेमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसमेत रहेका ।

– युरोप, अमेरिका र मेक्सिकोबीच पनि यस्तै प्रकृतिको व्यापारिक सम्झौता गरिएको।

आरसीईपीको धारणा चीनले ल्याएको ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार ०५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।