काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले विरगंजमा पनि सह–वितरण सोरुम संचालनमा ल्याएको छ ।
सोरुम समुद्धघाटन डिशहोमका तर्फबाट जेनरल सेल्स म्यानेजर रमेश सापकोटा ,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर मनोज घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका शुभम ट्रेडर्सलेले अब डिशहोम फाईबरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ ।
५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको शुभम ट्रेडर्सले अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने संचालक चन्दन रौनियारले जानकारी बताए ।



















प्रतिक्रिया