Logo

अर्थ

अर्थमन्त्रीको दाबी : अर्थतन्त्रका सूचकांक सकारात्मक छ, आगामी दिनमा अझै सकारात्मक हुन्छ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको दाबी गरेका छन् । सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताउँदै उनले अहिले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको दाबी गरे ।

नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ ।

आर्थिक पत्रकारहरुको छाता सङ्गठन सेजनले शनिबार स्थापनाको २५औं वर्षगाठ मनाइरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।