काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको दाबी गरेका छन् । सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताउँदै उनले अहिले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको दाबी गरे ।
नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ ।
आर्थिक पत्रकारहरुको छाता सङ्गठन सेजनले शनिबार स्थापनाको २५औं वर्षगाठ मनाइरहेको छ ।




















प्रतिक्रिया