Logo

अर्थ

कर बुझाउन क्यासिनोहरुलाई काठमाडौं महानगरको ७ दिने अल्टिमेटम



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित क्यासिनोहरूलाई कर तिर्न ७ दिने अल्टिमेटम दिएको छ । महानगर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ७ वटा क्यासिनोलाई एक साताको अल्टिमेटम दिएर कर बुझाउन पत्र काटिएको जानकारी दिए ।

‘आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत यस पत्र प्राप्त भएको मितिले ७ दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग ववरमहलमा बुझाउनुहुन अनुरोध छ’, पत्रमा भनिएको छ ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असुलउपर गरिने महानगरको चेतावनी छ । म्यारियट, अन्नपूर्ण, र्‍याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलका क्यासिनोलाई म्यादसहितको पत्र पठाइएको हो ।

पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १७:२२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।