Logo

अर्थ

कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढ्यो



एजेन्सी । सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढेको छ । आज बिहान ब्रेन्ट तेलको भाउ १.५१ प्रतिशत अर्थात १.४० डलरले बढेर प्रतिब्यारेल ९४.४१ डलरमा कारोबार भइरहेको छ । 

त्यस्तै डब्ल्यूटीआई कच्चा तेल १.४ प्रतिशत अर्थात १.२५ डलरले बढेर प्रतिब्यारेल ८८.१२ डलरमा कारोबार भइरहेको छ । 

कच्चा तेलको मूल्यमा उछाल आउनुको मुख्य कारण रुपमा ओपेक प्लस देशहरुको बस्न लागेको बैठकलाई लिइएको छ । यो बैठकमा तेल उत्पादक राष्ट्रहरुले उत्पादन कटौती गर्ने निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १५:२५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।