Logo

गण्डकी प्रदेश

महिला सांसदलाई बन्धक बनाउने मुख्यमन्त्री पोखरेल काठमाडौंमा, पद धरापमा



लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रकी सांसद विमलाकुमारी वली (खत्री)लाई अपहरण गरी पाँच दिनसम्म बन्धक बनाएको आरोप लागेका प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संघीय राजधानी काठमाडौं आएका छन् । विपक्षीको अविश्वास प्रस्तावले अप्ठेरोमा परेका मुख्यमन्त्री पोखरेल राजनीतिक भेटघाटका लागि काठमाडौं आएका हुन् । 

विपक्षी गठबन्धनले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछिको राजनीतिक अवस्थाबारे आफू निकट नेतासँग भेटघाट र परामर्श गर्न पोखरेल काठमाडौं आएको बताइएको छ । विपक्षीको समावेदन बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेसभाको विशेष अधिवेशन साउन २७ गतेलाई बोलाएपछि पोखरेलले राजनीतिक दौडधूप बढाएका हुन् । 

कुल ८० जना सांसद रहेको लुम्बिनीमा मुख्यमन्त्रीको पक्षमा ३८ जना सांसदमात्र छन् । विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीको पक्षमा ४२ जना सांसद छन् । 

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार ११:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।