Logo

धर्म / संस्कृति

आजदेखि इन्द्रजात्रा सुरु : हनुमानढोकामा ठड्याइयो लिङ्गो



काठमाडौं । आजदेखि विधिवत् रुपमा इन्द्रजात्रा सुरु भएको छ । काठमाडौंमा मनाइने ठूलो पर्व आज बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो ।

आज बेलुका काठमाडौंमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । आज दिउँसो लाखे, सवःभक्कु, पुलुकिसिलगायत विभिन्न मुखौटा लगाइएका नाचहरु पनि सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ । यसै क्रममा बेलुका काठमाडौंका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुका परिवारजनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ । त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक मार्गको व्यवस्थापन गरेको छ ।

उपाकु दीपयात्राका कारण काठमाडौं महानगरको भित्री शहरी क्षेत्र ठमेलदेखि टेकुसम्म र भोटाहिटीदेखि परोपकारसम्म बेलुका गाडी चलाउन रोक लगाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १०:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।