काठमाडौं । काठमाडौं महानगरपालिकाकाले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई १० दिनभित्र कर बुझाउन ताकेता गर्दै पत्र काटेको छ । मेयर बालेन्द्र साह (बालेन)को आदेशमा महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीले १० दिनभित्र बहाल कर तिर्न भन्दै पत्र काटेका हुन् ।
महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गइ कर र जरिवाना तिर्न पत्रमार्फत भनिएको छ ।
अन्यथा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम बाँकी कर असुलउपर गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ । पत्र काटिएका कार्यालयहरुमा सेना र प्रहरी प्रधान कार्यालयसहति शंकरदेव क्याम्पस, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र समाज कल्याण परिषद् रहेका छन् ।




















प्रतिक्रिया