Logo

विविध

तपाईंलाई थाहा छ ? सपना सम्बन्धी केही तथ्य यस्ता छन्



मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले डरलाग्दो । सपनाबारे पनि मानिसहरुका आ–आफ्नै तर्क हुन्छन् ।

ज्योतिषीहरुले समेत कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषयमा फलादेश गर्दै आएको पाइन्छ । डरलाग्दो सपना देखेपछि मानिसमा चिडचिडाहट हुन्छ र ब्युँझन्छन् ।

त्यस्ता डरलाग्दा अथवा नराम्रो सपनाले विपनामा केही नराम्रो हुने संकेत मिल्ने बताइन्छ ।
सपनाको फल कस्तो मिल्छ भन्ने विषयमा मानिसहरुमा जानकारी भए पनि सपनाका केही तथ्यहरुबारे तपाइलाई थाहा नहुन सक्छ । सपना सम्बन्धी केही तथ्य यहाँ प्रस्तुत गरिएको छ-

१. बच्चाहरू तीन-चार वर्षको नहुँदासम्म आफ्नो बारेमा सपना देख्दैनन् ।
२. निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।
३. एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ ।
४. पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् ।

५. हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।
६. हामी सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई मात्र देख्छौं ।
७. केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् ।

८. तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न ।
९. हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।
१०. मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।
११. जनावर पनि सपना देख्छन् ।

१२. दृष्टिविहीन पनि सपना देख्छन् ।
१३. ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  १ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।