काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गर्दै कनिकाको निर्यात रोकेको छ । भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान तथा चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
भारतले बुधबार गरेको यस्तो निर्णय गरेको आर्थिक पत्रिका बुल्मबर्गले जनाएको छ । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ भने कनिका निर्यातमा लगाइएको रोकले मदीरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्नेछ । आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
धान र चामलमा कर वृद्धि तथा कनिका निर्यातमा रोक लगाउने भारतको निर्णयले नेपाल गम्भीर मारमा पर्ने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए । आर्थिक वर्ष २०७८/७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो ।




















प्रतिक्रिया