Logo

गण्डकी प्रदेश

लुम्बिनीका सबै मुख्य पद माओवादीको कब्जामा



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको बहिर्गमनसँगै नयाँ सरकार बनेपछि प्रदेशका मुख्य तीन पद नै नेकपा माओवादी केन्द्रको भागमा पर्ने देखिएको छ । विपक्षी गठबनधनको तर्फबाट भावी मुख्यमन्त्रीका रुपमा माओवादीका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई अगाडि बढाएकोले उनी नै प्रदेशको मुख्मन्त्री हुनेछन् । 

यसअघि भागबण्डा मिलाउदा एमालेको भागमा मुख्यमन्त्री र माओवादीको भागमा सभामुख परेको थियो । जस अन्तर्गत मुख्यमन्त्रीमा एमालेका पोखरेल र सभामुखमा माओवादीका पुर्णबहादुर घर्ती चुनिएका थिए । २०७५ जेठ २ मा एमाले र माओवादी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको भएता पनि फागुन २३, २०७७ को सर्वोच्च अदालतको आदेशले दुइ पार्टी पुरानै ठाउँमा आइपुगेका छन् । हाल दुइ पार्टी सत्ता र विपक्षमा छन् । 

एमाले र माओवादीले तत्कालीन समयमा चुनावी तालमेल गरेका थिए । तर हाल एमाले एकातिर छ भने माओवादी, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन प्रदेशमा सक्रिय छ । 

सभामुखमा घर्ती कायम रहिरहेका बेला शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखमा माओवादीकै अमिक शेरचनलाई नियुक्त गरेको छ । अब के.सी. समेत मुख्यमन्त्री चुनिएमा प्रदेशका मुख्य सबै पद माओवादीको हुनेछ । 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ११:०८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।