Logo

धर्म / संस्कृति

हर्नुहाेस् ०७९ भदौ २५ गते शनिबारकाे तपाईँकाे भाग्य



आज वि.सं. २०७९ भदौ २५ गते शनिबार । १० सेप्टेम्बर सन् २०२२ । पूर्णिमा, भाद्र शुक्लपक्ष, ञलाथ्व, ११४२ ने.सं. सूर्योदय  ५:४७ मा हुने छ भने सूर्यास्त  १८:१३ मा हुने छ ।

आजकाे राशिफल

मेष–धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाईँको धन लाभको योग छ साथै दिन खुसी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

वृष–आज तपाईँको कहीँ टाढाको यात्रा हुने दिन छ, परिवारमा खुसीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको योग छ, पूराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।

मिथुन–दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ, शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थय कमजोर हुनुको साथै काममा सफलता पाउन गाह्राे पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला ।

कर्कट–मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला । जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।

सिंह–बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ । स्वस्थ्ययमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मानसम्मान मिलनेछ, । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ ।

कन्या–आज तपाईँलाई काम गर्न मन लाग्नाले मनमा खुसी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बिचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।

तुला–हातहतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुरा काट्नेहरु प्रशस्त बढनेछन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ, कसैसँग वादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला ।

वृश्चिक–आज तपाईँकाे कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिँदैनन, जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरी तथा राजनीतीमा आफनु बर्चस्व बढाउन सकिने छ ।

धनु–पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ, पढाइमा भने मन नजाला । आजको दिनमा तपाईँले सोचेको काम पूरा हुन सक्छ, साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मकर– प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ । आमदानीको नयाँ श्रोत फेला पर्नेछ । भोजभत्तेरमा संलग्न भइ ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, व्यापारमा पनि फाइदा होला ।

कुम्भ–वैदेशिक कार्यमा असफल भइ दु:ख पाउने योग छ । भाग्यले साथ दिने छैन, धनको नाश पनि होला । विवाद बढने सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।

मीन– व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैँयापैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार ०४:४५   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।