Logo

गण्डकी प्रदेश

लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरुद्धको रिटमा अन्तरिम आदेश भएन



सर्वोच्च अदालतले लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदकको मागअनुसार अदालतले अन्तरिम आदेश नदिई संवैधानिक इजलासमा पठाएको हो ।

न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले बुधबार यो रिटलाई ‘गम्भीर संवैधानिक विषय’ भन्दै संवैधानिक इजलासमा पठान आदेश दिएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार रिटमा अन्तरिम आदेश नभएका कारण प्रदेशसभाको बैठक सुचारु हुने बाटो खुलेको छ ।   

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।