Logo

अर्थ

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा



काठमाडौं । सानिमा इक्विटी फन्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ । क्यापिटलको २७ भदौमा बसेको सञ्चालक समितिको बैठकले इक्विटी फन्डका इकाइधनीहरूलाई २२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । 

यसले आर्थिक वर्ष २०७७–७८ मा भने ३३ प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ । यसले लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरिसकेको छैन ।
 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १४:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।