काठमाडौं । कोरोना भाइरसका कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि खोल्न चिनियाँ पक्ष तयार भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई सरकारी उच्चअधिकारीले आग्रह गरेपछि लामो समय बन्द रहेको रसुवागढी नाका खोल्न चीन तयार भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा चान्सुले नेपालतर्फका नाका खोल्नेबारे जानकारी गराए लगत्तै रसुवागडी नाका सञ्चालनमा आउने पक्का भएको हो ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार नाका सञ्चालनबारे चिनियाँ पक्षले जानकारी गराइसकेको र बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्ने बताएका छ । चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो ।




















प्रतिक्रिया