Logo

अर्थ

रसुवागढी नाका खोल्न चीन तयार, बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने



काठमाडौं । कोरोना भाइरसका कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि खोल्न चिनियाँ पक्ष तयार भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई सरकारी उच्चअधिकारीले आग्रह गरेपछि लामो समय बन्द रहेको रसुवागढी नाका खोल्न चीन तयार भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा चान्सुले नेपालतर्फका नाका खोल्नेबारे जानकारी गराए लगत्तै रसुवागडी नाका सञ्चालनमा आउने पक्का भएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार नाका सञ्चालनबारे चिनियाँ पक्षले जानकारी गराइसकेको र बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्ने बताएका छ । चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार २०:५१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।