Logo

अर्थ

गगन थापा उठ्ने क्षेत्रबाट उम्मेदवारी दिने सेयर लगानीकर्ता राधा पोखरेलको घोषणा



काठमाडौं । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले काठमाडौं– ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौं–४ यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित भएका क्षेत्र हो । यस पटक पनि यस क्षेत्रमा थापा नै उठ्ने पक्कापक्की छ ।

यता नेकपा एमालेका तर्फबाट विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि काठमाडौं–४ बाटै निर्वाचन लड्ने तयारीमा छन् । गत स्थानीय तहको चुनावमा स्वतन्त्रको लहर देखेका राजनीतिक दलका नेताहरु राधाको स्वतन्त्र उम्मेदवारीबाट तर्सिएका छन् ।

आफूलाई माओवादी, नेकपा एमाले र राप्रपाले राधालाई आफ्नो चुनाव चिन्ह लिएर लड्न आग्रह गरेको पोखरेलले बताइन् । गगन थापाले त आफूलाई नउठ्न आग्रह गरेको उनले सुनाइन् ।

एमालेले ४ नम्बरबाट भन्दा पनि काठमाडौं ६ बाट नभए महोत्तरी १ बाट उठ्न आग्रह गरेको राधाको भनाइ छ । उनको जन्मथलो महोत्तरी हो । तर उनी काठमाडौं– ४ मा विगत १२ वर्षदेखि बस्दै आएकी छन् । राधाका अनुसार माओवादीबाट गिरिराजमणी पोखरेलले आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा सेयर लगानी गर्ने लगानीकर्ताहरु डिम्याट खाता भएकाहरु मात्रै २४ हजार ५ सय भएको भन्दै आफूले तयही मतबाट जित्ने जनाइन् । उनको परिवार भने एमाले निकट हो ।

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  ५ : २१ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।