मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला । काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले निकट भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व पनि बढ्नेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।
वृष – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला । शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन् । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । आँटेको काम समयमा नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । उपलब्धिका लागि केही दिन प्रतीक्षा गर्नुपर्ला ।
मिथुन – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
माहोल रमाइलो रहनेछ । प्रयत्न गर्दा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । तर, मनोरञ्जनमा अलमलिँदा चिताएको काम रोकिन सक्छ । शुभचिन्तकहरूले साथ दिन छाड्नेछन् । बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउन सक्छ, सजग रहनुहोला ।
कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजय प्राप्त हुने समय छ ।
सिंह – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनमा धेरै समय जुट्न नसकिए पनि पछिका लागि वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुने सम्भावना छ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।
कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । मिहिनेतले आंशिक फाइदा दिलाउनेछ ।
तुला – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।
वृश्चिक – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले काममा उत्साह जगाउनेछ ।
धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा नयाँ अवसर पाइनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापार–व्यवसायमा मनग्य फाइदा हुनेछ ।
मकर – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक कामले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।
कुम्भ – AQUARIUSगु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । अध्ययनमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।
मीन – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिने समय छ ।





















प्रतिक्रिया