Logo

अर्थ

दुई छुट्टछट्टै आयोजनाका लागि कोरिया सरकारले नेपालाई २ अर्ब अनुदान दिने



काठमाडौं । दक्षिण कोरियाले नेपाललाई दुई अबै रुपैयाँ अनुदान दिने भएको छ । कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा आज (शुक्रबार) हस्ताक्षर भएको छ ।

नेपाल सरकारको तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि कोरियाका राजदूत चोङसुक पार्कलेले ‘कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने’ र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्ने दुई आयोजना कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयमा हस्ताक्षर गरेका छन् ।

८० लाख अमेरिकी डलरका दरले यी दुई आयोजनाका लागि कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर (लगभग दुई अर्ब) अनुदान सहायता उपलब्ध गराउन सहमत भएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १६:०२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।