Logo

अर्थ

इन्जिन बिग्रेको अर्थतन्त्रको जुनसुकै बेला दुर्घटना हुन सक्छ : अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र एउटा इन्जिन बिग्रिएको जहाज जस्तो भएको भन्दै जुनसुकै बेला दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । महांसघले आयोजना गरेको नेपालको वैदेशिक व्यापारको सम्भावना र चुनौती विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

गोल्छाले विश्व व्यापार संगठनको सदस्यको रुपमा नेपालले लाभ लिन नसकेको पनि बताए । ‘बाह्य क्षेत्र असन्तुलन छ, १८ वर्ष अघि विश्व व्यापार संगठनको सदस्य बन्दा हर्षित थियौँ, तर १८ वर्षमा निर्यात घटेर आयात आकाशियो , भ्यालु एडिशन नभएका र नहुने उत्पादन निर्यातको खासै अर्थ हुँदैन, विश्व व्यापार संगठनको महत्त्व हामीले बुझेनौँ’। उनले भने ।

गोल्छाले विश्व व्यापार संगठनको सदस्य बनेर महत्त्व बुझेर फाइदा लिने मुलुक चीन र बंगलादेश मात्रै रहेको बताए । चीन हब बनेको र बंगलादेशले औसषि र गार्मेन्ट समाएको उनले बताए । तर नेपालले भने विश्व बजारमा खुब रुचाइने नेपाली गार्मेन्ट र पश्मिना पनि गुमाएको उल्लेख गरे ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार १८:१०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।