Logo

अर्थ

कुमारी बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश घोषणा गरेको छ । बैंकको गत वर्षको नाफाबाट १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पारित भएपछि मात्र वितरण हुने बैंकले जनाएको छ ।

कुमारीले हाल कायम १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँबाट यो नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १२:५४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।