Logo

धर्म / संस्कृति

हेर्नुहाेस् तपाईँकाे १५ असाेजकाे भाग्य



आज १५, २०७९, शनिबार । १ अक्टाेबर सन् २०२२ । षष्ठी, आश्विन शुक्लपक्ष, कौलाथ्व, ११४२ ने.सं. । सूर्योदय  ५:५७ बजे हुने छ भने सूर्यास्त  १७:४९ बजे हुने छ ।

हेर्नुहाेस् आजकाे तपाईँकाे भाग्य

मेष–भौतिक साधन जुट्ने छन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ । रोकिएका काम बन्ने छन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने छ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउने छ।

वृष–दाम्पत्य जीवन रमाइलो रहने छ । आम्दानी प्रशस्तै बढ्ने छ । विभिन्न भौतिक साधन जुट्ने छन् । कृषि तथा पशुपालनमा पनि बढ्ने छ । विभिन्न अवसरले पछ्याउने छन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुने छन्।

मिथुन–व्यावसायिक काममा खर्च बढ्ने छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् ।

कर्कट–बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुने छन् । आफन्तहरू टाढिने छन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ ।

सिंह–अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिने छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ ।

कन्या–आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने छ । गुरुजनको विशेष सहयोग जुट्ने छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् ।

तुला–स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहने छ । हतारको निर्णयले पनि धोका हुने छ । स्वास्थ्यमा होस पुर्याउनु होला । मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ । सावधान रहनु होला ।

वृश्चिक–बौद्धिक कार्यबाट धनलाभ हुने छ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुने छन् । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुने छ । आँटेका काम पुरा हुने छन् । टाढाका शुभचिन्तकहरूले साथ दिने छन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने छ ।

धनु–प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउने छ । नयाँ ज्ञान सिक्ने मौका छ । सहयोगीहरूले साथ र हौसला दिने छन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिने छ । समय लाभदायक देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुने छ ।

मकर–कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्ने छ । अरूको मन जितेर अवसर हात पार्न सकिने छ ।

कुम्भ–सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्ने छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ ।

मीन–विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्ने छन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन, भाैतिक साधनको क्षति हुने समय छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार ०५:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।