Logo

धर्म / संस्कृति

अध्यक्ष ओलीले लगाइदिए बालबालिकालाई दसैँको टीका



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएको उनको सचिवालयले जनाएको छ।

उनी केही दिनअघि दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित गृह नगर दमक पुगेका छन् ।

ओलीले दमकमा आफ्ना बुवा मोहनप्रसाद ओलीसँग टीका लगाएर अन्य सर्वसाधरणलाई पनि लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७९ बुधबार  १२ : २८ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।