Logo

अर्थ

दसैँपछिको पहिलो कारोबार दिन ४४ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । दसैँपछिको पहिलो कारोबार दिन (आइतबार) सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ४४.६२ अंक (२.४१ प्रतिशत)ले वृद्धि भएर १८९८.३८ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.७८ अंकले वृद्धि भएर ३७२.२१ अंकमा बन्द भएको छ । आइतबार नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाउँदा वित्त कम्पनी र विकास बैंक उपसूचक साढे ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकम भने १ अर्ब पनि पुगेन ।

आइतबार नेप्सेमा २५ लाख ३३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजारको कारोबार भएको छ । आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ८ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १५:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।