Logo

अर्थ

फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरमा सुरु, १७ तस्बिरमा हेर्नुहाेस्




काठमाडौं । ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला सुरु भएको छ । आजदेखि सुरु भएको मेला आइतबारसम्म चल्नेछ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पुष्प मेला शुरु भएको हो ।

प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष राखिएको छ ।

मेलामा करिव ८० लाखको कारोवार हुने अनुमान फ्लोरिकल्चर एसोसिएसनको छ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा राखिएको छ ।

गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्धेश्यका साथ मेला आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार १७:५३   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।