Logo

धर्म / संस्कृति

लक्ष्मी पूजा : झिलिमिली काठमाडाैं, कस्ता देखिए देशका अन्य सहर ? तस्बिरहरु हेर्नुहाेस्



काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । यसैगरी देशभरका मुख्य सहरहरु विषेश गरी झिलिमिली देखिएका छन् ।

फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइने तिहारमा धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहारमा एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेलेर मनाइन्छ ।

लक्ष्मी पूजामा यस्ता देखिए देशका सहरहरु

चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ । तस्बिर: प्रदीपराज वन्त/रासस
पोखरा महानगरपालिका-१८ लामागाउँ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा । तस्बिर: राधिका कँडेल/रासस

विराटनगर–९ स्थित मङ्गलादेवी सडकमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । तस्बिर : मनोज दाहाल/रासस
जनकपुरधामको सोनापट्टी बजारमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । तस्बिर : अजयकुमार साह/रासस
भैरहवा बजारमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार २०:५९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।