Logo

धर्म / संस्कृति

चाडपर्वको संवर्द्धन गर्न जरुरी छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले चाडपर्वहरूको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।

उनले हरेक चाडपर्वहरूको महत्त्वफरक फरक हुने भन्दै हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासलाई सबै नेपालीहरू ले संरक्षित गर्नु र संवर्द्धन गर्नु अहिलेको आवश्यक्ता भएको बताएका हुन् । आजको समय किंवदन्तीको नभइ, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनुपर्ने पनि उनको भनाइ थियो ।

तिहारको उपलक्ष्यमा बहिनीहरूबाट भाइटीका लगाएपछि नेता ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । नेता ओलीले बिहीबार भाइटीकाको दिन आफ्ना तीन जना बहिनीहरूसँग टीका लगाएका छन् ।

‘हाम्रा चाढपर्व अत्यन्त महत्त्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदिबहिनीहरू आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाइटीकाको दिन हुँदैनथ्यो भने दिदिबहिनीहरूसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाइटीकाको कारणले सम्भव छ । चाडहरू विशेष अर्थ र महत्त्व हुन्छन् । यो पनि विशेष अर्थ र महत्त्वको छ । यिनीहरूको संरक्षण र सही अर्थको सदुपयोग गर्न जरुरी छ । हाम्रो संस्कृति, सभ्याता इतिहास संरक्षण गर्न जरुरी छ । हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाड, पर्व इतिहासहरूलाई हामीले संरक्षित गर्नु र संवर्द्धन गर्न जरुरी छ । कमजोर पक्ष छन् भने हटाउन जरुरी छ । आजको जमाना किंवदन्तीको होइन, डेटाको हो । तथ्य, तथ्यांक, प्रमाण, तर्कको जमाना हो, अन्धविश्वासको होइन । त्यसैले हामी तथ्यमा र विश्वासमा जान चाहन्छौँ । हामीले कुनै पनि कुरालाई तथ्यसंगत अघि बढाउन जरुरी छ ।’

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार १४:२१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।