काठमाडौं । छठ पर्वको अवसरमा आज अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारी कमलपोखरीमा जाने भएकी छन् । कमलपोखरी छठ पूजा समितिको निमन्त्रणमा राष्ट्रपति त्यहाँ जाने भएकी हुन् ।
समितिका अध्यक्ष राजेन्द्र सिंहले काठमाडौं महानगरपालिकासँग अनुमति लिएर छठको तयारी पूरा गरेको बताए । समितिले हरेक वर्षको छठ पर्वमा राष्ट्रपतिलाई निम्तो दिँदै आएको छ । साथै, प्रधानमन्त्री र काठमाडौं महानगरपालिकाका मेयर पनि कमलपोखरी पुग्ने कार्यक्रम छ ।
सूर्य उपासनासँग सम्बन्धित तराईमा मनाइने यो पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ ।





















प्रतिक्रिया