Logo

प्रमुख समाचार

नेपाली कांग्रेसलाई बलियो बनाउन मैले जित्नुपर्छ : सागर ढकाल



काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले नेपाली कांग्रेसलाई बलियो बनाउन आफूले जित्नुपर्ने तर्क गरेका छन् ।

चुनावी प्रचारका लागि गृहजिल्ला पुगेका प्रधानमन्त्री देउवाको स्वागतमा लाइनमा बसेका ढकालले चुनावमा एजेण्डाको लडाइँ हुने बताए ।

उनले भने, नेपालको विकास गर्ने हो भने कांग्रेसको सक्रिय कार्यकर्ता २० लाखबाट घटेर एक लाख भएपनि पुग्छ । कांग्रेसलाई अझै बलियो बनाउने हो भने मैले जित्नुपर्छ । धेरै कांग्रेसका कार्यकर्ताहरूले आफ्नो सदस्यताबाट राजीनामा दिनुपर्छ । अनि बल्ल देशको विकास हुन्छ ।

कांग्रेससँग विचार र सिद्धान्त भएका एउटा पालिकामा सय जना भए पुग्ने उनले बताए । विचार भनेको दीयोजस्तो हुनुपर्ने उनको भनाइ छ ।

उनले चुनावमा एजेण्डाको लडाइँ हुने भएकाले आफूलाई संयुक्त सभाहरूमा बोल्न दिन पनि आग्रह गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १५:०६   :  बजे

783
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।