Logo

कर्पोरेट टक

मुस्ताङमा हामीले आर्थिक विकासका लागि महत्वपूर्ण काम गरेका छौं : देवीप्रकाश भट्टचन



काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले मुस्ताङ जिल्लाको आर्थिक विकासका लागि आफूहरुले महत्वपूर्ण काम गरेको बताएका छन् ।

हरिबोधनी एकादशीको अवसरमा मुक्तिनाथ मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा भट्टचनले हिमाल पारीको जिल्लामा बैंकका शाखाहरु खोलेर आर्थिक विकासमा सहयोग गरेको उनले बताए ।

‘मुस्ताङ जिल्ला, हिमाल पारीको जिल्लामा सबै गाउँ पालिकाहरुमा बैंकको शाखाहरु समयमै खोलेर यहाँका बासिन्दाहरुलाई आर्थिक रुपमा हामीले सहयोग गरेको छौं’ उनले भने ।

भट्टचनले बैंका शाखाहरु खुल्दा विदेशमा रहेका मुस्ताङका जनतादेखि गाउँका जनताहरुले बैंकमा खाता खोलेर राम्रो सुविधा लिएको विश्वास व्यक्त गरे ।

सँगै, उनले मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ मन्दिरमा बौद्ध धर्म र हिन्दू धर्मबाट पूजाआजा गर्ने परम्परा रहेकोसमेत बताए । उनले बुद्ध भगवानलाई समेत भगवान विष्णुको अवतार रहेको बताउँदै भगवान बुद्धले धार्मिक रुपमा समृद्ध नेपालको चाहनालाई परिपूर्ति गरेको आफूलाई महसुस हुने बताए ।

‘भगवान बुद्धको उपदेश, बौद्ध धर्मबाट हामी नेपाली सुखी र शान्ति भएर बाँच्ने उपायको खोजीमा छौं,’ उनले भने, ‘विश्वमा भगवानको उपदेश र भगवान बुद्धको धर्मबाट शान्तिको रुपमा धेरैले बौद्ध धर्म अवलम्बन गरेका छन् । र सुख शान्ति सबैलाई मिलेको विदितै छ । र हामी सबैलाई धार्मिक रुपमा भगवान बुद्धको धर्मले हामीलाई शान्तिको खोजीमा लाग्न सहयोग मिल्नेछ भन्ने मलाई विश्वास छ ।’

प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार  ९ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।