Logo

प्रवास

जापानमा नेपाली युवकको मृत्यु, घटना शङ्कास्पद



जापान । दुई महिनाअघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ ।

जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो ।

युवकको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन् । यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन । 

मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो । नियमित अध्ययनका लागि नगएपछि साथीहरूले खोज्दा कोठामा मृत भेटेका हुन् । 

कन्सल्टेन्सीमार्फत मृत्युबारे परिवारलाई जानकारी गराइएको साथीहरूले बताएका छन् । आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ। परिवारले शव नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ ।

प्रकाशित मिति : कार्तिक २६, २०७९ शनिबार  ५ : ०८ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।