Logo

कर्पोरेट फोकस

नेप्सेमा कुमारी बैंकको रु. ३ अर्बको ऋणपत्र सूचीकृत



काठमाण्डौ । कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

नेप्सेमा कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । यो ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ ।

कुमारी बैंकले गत भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म यो ऋणपत्र बिक्री गरेको थियो । कुल ३ अर्बबराबरको ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिएको थियो । यो ऋणपत्रको बाँडफाँड भने गत असोज ७ गते गरिएको थियो ।

कुमारी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउँछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १४:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।