प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा राप्रपाका तर्फबाट युवा नेता अमर परियार ‘आर्य’ समानुपतिक तर्फको उम्मेदवार बनेका छन् ।
राप्रपाको सहायक सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका केन्द्रीय संयोजक परियारले वैदिक व्यवस्था, वैदिक समाज व्यवस्था, सुदृढ अर्थव्यवस्था, कृषि, शिक्षा र स्वास्थ्यकाे केन्द्र नेपाल, सुशासनका र प्रजातन्त्रका निमित्त आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्र, धर्म र जनताप्रति पूर्ण ईमान्दार रहेर कर्तव्यनिष्ठ सेवक बन्न चाहन्छु । जसका लागि चुनाव चिन्ह हलाेमा मतदान गरेर मलाई सहयोग गरिदिनु हुन विनम्र अनुराेध गर्दछु।’
लामो समयदेखि समाजमा रहेका कुरीति कुसस्कर,कुप्रथा र जातिय विभेद अन्त्यका लागि लडेका उनी एक कट्टर हिन्दु धार्मिक योद्दा हुन्।
पछिल्लो समयमा धर्म धर्मपरिवर्तनको कारक मान्ने गरिएको हिन्दुसस्कार भित्र कुनै पनि विभेद नरहेको बिषयमा जनतामा उठेका भ्रम चिर्ने अभियानमा उनी निकै सक्रिय छन् । दलित भनिएको समुदायबाट प्रतिनिधित्व गर्ने परियार पश्चिमा सस्कृति र क्रिश्चियन मिसनरीका सख्त बिरोधीका रुपमा चिनिन्छन । जसका कारण उनी हिन्दुराज्यको मुद्दा बोकेको पार्टी राप्रपाले समानूपातिक सुचीको प्राथमिकतामा राखेको दाबी गर्छन।
हामीसंगको कुराकानीमा उनले समाजमा विद्यमान सबै खाले विभेदलाई कानुन, संविधान र धर्मशास्त्रकाे आधारमा जनजनलाई प्रशिक्षित गरी निर्मुल पार्न अहाेरात्र खटिने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया