Logo

सिभिल लघुवित्त र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत



सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोही दुई कम्पनीको शेयर सूचीकृत भएको थियो । 

सिभिल लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस शेयर र सपोर्ट लघुवित्तको ६० हजार कित्ता शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

सिभिल लघुवित्तले असार २६ गतेको साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो भने सपोर्ट लघुवित्तले गत पुस २९ गते साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  १२ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।