बाजुरा । बाजुरामा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले चार हजारभन्दा बढीको मतसहित अग्रता लिइरहेका छन् ।
पछिल्लो परिणामअनुसार पाण्डेले १९ हजार ७ सय ५७ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १५ हजार ४ सय ५३ मत ल्याएका छन् ।
पाण्डे ४ हजार ३ सय ४ मतले थापाभन्दा अगाडि छन्। यहाँ ६० हजार १ सय ५२ मत खसेको थियो ।
मतदान क्रममा विवादपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट एमालेका कार्यकर्ता चेतन अयडीको निधन भएको थियो । अयडीको निधनपछि बाजुरामा मतगणना रोकिएको थियो ।
निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेपछि बाजुरामा बिहीबार मतगणना सुरू भएको हो ।





















प्रतिक्रिया