Logo

प्रमुख समाचार

बाजुरामा कांग्रेस र एमालेबीच ४ हजारभन्दा बढीको मतान्तर



बाजुरा । बाजुरामा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले चार हजारभन्दा बढीको मतसहित अग्रता लिइरहेका छन् ।

पछिल्लो परिणामअनुसार पाण्डेले १९ हजार ७ सय ५७ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १५ हजार ४ सय ५३ मत ल्याएका छन् ।

पाण्डे ४ हजार ३ सय ४ मतले थापाभन्दा अगाडि छन्। यहाँ ६० हजार १ सय ५२ मत खसेको थियो ।

मतदान क्रममा विवादपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट एमालेका कार्यकर्ता चेतन अयडीको निधन भएको थियो । अयडीको निधनपछि बाजुरामा मतगणना रोकिएको थियो ।

निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेपछि बाजुरामा बिहीबार मतगणना सुरू भएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार ००:१९   :  बजे

1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।