Logo

आजको तस्बिर

मोरङको उर्लाबारीमा चासोक तङ्नामको रौनक [फोटोफिचर]



मोरङ । मोरङको उर्लाबारी–९ आम्बारीमा लिम्बु जातिको महान् चाड चासोक तङ्नाम धुमधाम मनाइँदै छ । किरात याक्थुम चुम्लुङ उर्लाबारीको आयोजनामा सुरु भएको चासोक तङ्नाम उत्सवको उद्घाटन नेपाली काङ्ग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बुले गरे ।

आजबाट सो पर्वको अबसरमा तीन दिनसम्म सांस्कृतिक कार्यक्रमसहित मेलाको आयोजना गरिएको छ । प्रकृतिपूजक लिम्बू जाति मंसिरे पूर्णिमादेखि उधौली पर्वलाई महान् चाडका रूपमा धूमधामका साथ मनाउँछन् । लिम्बू बस्तीमा ढोल र झ्याम्टाको तालमा यति बेला केलाङ (च्याब्रुङ) नाच देख्न पाइन्छ ।

चासोक तङ्नामका अवसरमा हातमा झ्याम्टा, काँधमा ढोल बोकेर बजाउँदै कोदोको रक्सी, तोङ्बा र विभिन्न लिम्बू परिकार खाँदै लिम्बूहरू रमाइरहेका छन् ।

तस्बिरहरु हेर्नुहोस्

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १४:०४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।