Logo

टिप्पणी

राष्ट्रपतिमा खिलराज रेग्मी भारतको रोजाइमा



‘कुनै दलको बहुमत नआएपछि दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन सक्ने संवैधानिक प्रावधान हो । बाहिरबाट हेर्दा केही दललाई मिलाएर गठबन्धन सरकार बन्ने सम्भावना छ । तर पुष्पकमल दाहाल (प्रचण्ड) बढी महत्त्वाकांक्षी पात्र हुन् । उनले जुनसुकै बेला प्रधानमन्त्री बन्ने प्रयास गर्छन् ।

प्रचण्डलाई कसरी व्यवस्थापन गरिन्छ, पावर सेयरिङ कसरी हुन्छ, त्यस आधारमा गठबन्धनको बन्ने-नबन्ने यकिन होला ।

उनले खिलराज रेग्मीलाई राष्ट्रपति बनाउने प्रस्तावलाई लिएर आउने एक विश्वशनिय श्रोतले अनलाइनपाना डटकमलाई बतायो । ‘खिलराज त राजनीतिमा सक्रिय पात्र होइनन् । उनलाई व्यवस्थापन नगरी नहुने के बाध्यता छ ? पहिले प्रधानन्यायाधीश हुँदाहुँदै सरकार प्रमुख भए ।

अहिलेको राष्ट्रपतिमा उनको नाम कसरी आयो ?’ राष्ट्रपतिमा संवैधानिक मूल्य र मर्यादामा काम गर्न सक्ने व्यक्ति चाहिएको र भारतको डिजाइानमा नेपालमा नागरिकता बिधेयक पास गराउने शर्तमा राष्ट्रपतिमा खिलराज रेग्मी भारतको पहिलो रोजाइमा रोजाइको पात्र भएको श्रोत बताउछ ।

यदि यसमा भारत असफल भएमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नागरिकता बिधेयक पास गराउने शर्तमा अकों तुरुप फाल्ने छ । यता प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै हुनेछन् प्रचण्डलाई कुनैपनि हालतमा प्रधानमन्त्री बनाउने पक्षमा भारत नभएको श्रोतले बतायो ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ०८:५४   :  बजे

552
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।