Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाकाे उम्मेदवारी



नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन् ।

यस्तै, थापाको प्रस्तावकमा शेखर कोइराला छन् भने समर्थमकमा धनराज गुरुङ रहेका छन् । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले पनि समर्थन गरेका छन् ।

उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १६:५२   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।