Logo

प्रमुख समाचार

एमाले मधेस संसदीय दलको नेतामा सरोज यादव चयन



जनकपुरधाम । नेकपा एमालेको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बसेको बसेको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो ।

पार्टीका सचिव रधुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुली कुमारी महतो तथा नवगठित सरकारका विना विभागीय मन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा सहमतिमै महोत्तरी ४ (१) बाट निर्वाचित यादवलाई दलको नेतामा चयन गरिएको हो ।

अन्य आकांक्षी सांसदहरू रामकुमार लेखी, हरिनारायण महतो र रामचन्द्र मण्डललाई पार्टी सरकारमा गएसँगै मन्त्रीको जिम्मेवारी दिने पक्का गरेपछि दलको नेतामा सहमति जुटेको बताइएको छ । मधेस प्रदेशमा २३ सांसद सहित एमाले पहिलो पार्टी रहेको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार ११:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।