एमालेको पूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
एमालेभित्रका आफू निकट नेताहरूलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गरेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूसँगको परामर्शपछि भुसाल सो पार्टी प्रवेश गर्न लागेका हुन् । एकीकृत समाजवादीमा भुसाललाई तत्कालका लागि केन्द्रिय सचिवालयको सदस्य बनाउने तयारी भएको बताइएको छ ।
एमाले परित्याग गरेर गत निर्वाचनमा प्रतिस्पर्धा गरेका भुसालले एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादी रोजेका हुन् ।




















प्रतिक्रिया