Logo

प्रमुख समाचार

जसपासँग एकता गर्न माधब नेपाल तयार तर यस्तो सर्तमा !



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी सरकारमा नजाने अवस्थामा मात्रै दुई दलबीच एकता हुने बताएका छन् ।

अध्यक्ष नेपालले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न जसपा तयार भए दुई दलबीच एकताका लागि कुनै समस्या नहुने स्पष्ट पारेका छन् ।

‘जसपा केन्द्र र प्रदेशमा सरकारमा जान खोजिरहेको छ। हामी रचनात्मक प्रतिपक्षमा बस्ने भनिरहेका छौँ । अन्य मुद्दामा केही समस्या छैन । सरकारको सहभागिताको सवालमा पछि हटे एकताका लागि कुनै समस्या छैन, नेपालले भने ।

एकीकृत समाजवादीले जसपासँग एकताका लागि कार्यदलनै गठन गरेको छ । समाजवादीले महासचिव वेदुराम भुसालको संयोजकत्वमा विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला सम्मिलित कार्यदल बनाएको छ ।

समाजवादीसँगको एकताका विषयमा छलफलमा लागि जसपाले पनि राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी सहभागी कार्यदल बनाएको छ । दुई कार्यदलले एकताका लागि छिट्टै छलफलको तयारी गरेको कार्यदलका सदस्य प्रकाश ज्वालाले बताएका छन् ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार ०८:०३   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।