Logo

प्रमुख समाचार

राप्रपा फुटको संघारमा, १० सांसद लिएर छुट्टिने तयारीमा निवर्तमान अध्यक्ष जबरा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आन्तरिक विवाद बढ्दै जाँदा पार्टी फुटको संघारमा पगुेको छ । पार्टीमा संसदीय दलको नेताका आकांक्षी निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरा पनि थिए । तर दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएपछि पार्टीमा अन्तुष्टि बढ्दै गएको एक नेताले जानकारी दिए ।

विवाद उग्र बन्दै जाँदा राप्रपा विभाजनको डिलमा पुगेको छ । ती नेताका अनुसार जबरा बहुमत सांसदलाई साथ लिएर पार्टी विभाजनको तयारीमा छन् । ‘पार्टीका दश सांसदलाई साथमा लिएर पार्टी विभाजनको तरखरमा उहाँ (पशुपति शमशेर जबरा) हुनुहुन्छ’, ती नेताले भने, ‘पार्टी विभाजनको डिलमा पुगिसक्यो ।’

सुरुमा संसदीय दलको नेता जबरालाई बनाउने भनेपनि पछि अध्यक्ष लिङ्देन आफै दलको नेता बनेका थिए । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १२:०७   :  बजे

16.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।