Logo

प्रमुख समाचार

मधेशको सभामुखमा गठबन्धनबाट एमालेका रामचन्द्र मण्डल र कांग्रेसबाट जंगीलाल उम्मेदवार



जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका रामचन्द्र मण्डलले उम्मेदावरी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनको भागवन्डामा मधेशको सभामुख एमालेले लिने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेका मण्डलले उम्मेदवारी दिएका हुन् ।

एमालेका मण्डललाई कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् । यता कांग्रेसबाट जंगीलाल यादवले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । यादवलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।

प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् । सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १५:३०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।