Logo

अनलाइनपाना खोज

८ करोडमा किनेको जबराको संसाद पदले राप्रपामा तरंग [फलोअप]



प्रतिनिधि सभाको निर्वाचन संम्पन्न भएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा सरकार बनेपनी पूर्णता भने पाएको छैन । केहि समय अघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरमारमा जान तम्सीएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) भने बिभाजनको अवस्थामा पुगेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको मनोमानी प्रवृतिका कारण आन्तरिक विवाद बढ्दै जाँदा पार्टी बिभाजन संघारमा पुगेको हो ।

हिन्दुराज्य पुनर्स्थापना प्रमुख एजेण्ड बोकेको राप्रपाले हिन्दुहरुको मतको दुरुपयोग गर्दै लामो समयदेखी संघर्ष गरेका धार्मिक व्यक्तिहरुलाई पाखा लगाएर पश्चिमा सस्कृति अंगालेका क्रिस्चियन मिसनरीका व्यक्तिलाई सांसद बनाएपछि राप्रपाका नेता तथा कार्यकर्ताले नै आपत्ति जनाउदै असन्तुस्टी प्रकट गरेका थिए।

धर्म निरपेक्षताको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सांसद भने क्रिश्चियन धर्मका प्रचारक बुद्धिमान तामाङ र उनका बुहारी बिना लामालाई प्रतिनिधिसभा समानुपातिक सांसदमा सिफारिस गरेपछि पार्टी सैदान्तिक रुपमा समेत बिचलित भएकोले नेता तथा कार्यकर्तामा झनै आक्रोसित बनेका हुन् ।

त्यति मात्र होईन, पार्टी सरकारमा जाने या नजाने भन्ने बिषयमा छलफल गर्नुपर्ने रबिन्द्र मिश्रको प्रस्तावलाई समेत बेवास्ता गर्दै लिङ्देन्ले यस सम्बन्धमा राजासंग कुरा गरिसकेको र आफूले सोही लाईनअनुसार नै काम गरिरहेको भन्दै बिषयमाथि प्रवेश नै नगरी मिश्रलाई बोल्न समेत रोक लगाएर एकलौटी रुपमा निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

पार्टीमा संसदीय दलको नेताका आकांक्षी निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरालाई पाखा लगाएर दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएपछि चरम असन्तुष्टी बढ्दै गएकोले अब पार्टी बिभाजनको अवस्थामा पुगेको एक नेताले जानकारी दिए ।

पार्टीले जबरालाई चुनावका समयमा समानुपतिकको एक नम्बरमा राखेको थियो । पार्टी सरकारमा गएको खण्डमा जबराकै नेतृत्वमा जाने अन्तरिक सहमति भएको थियो । जसअनुसार जबराले ५ करोड भन्दा बढी रकम पार्टीको खातामा जम्मा गरेको उनी निकट स्रोतको दावी छ ।

‘उनले आफू संसाद बन्ने निश्चित भएपछि २ करोड भन्दा बढी पार्टी अध्यक्षलाई बुझाए, उम्मेदवारहरुलाई समेत पैसा बाडे, तर उनलाई झुक्क्याएर अहिले लिङ्देन आफै संसदीय दलको नेता बने,’ राप्रपाका एक नेताले भने । सुरुमा संसदीय दलको नेता जबरालाई बनाउने भनेपनि पछि अध्यक्ष लिङ्देन आफै दलको नेता बनेका हुन् ।

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई समर्थन गर्दै बिस्वासको मत दिने निर्णय भएसंगै पार्टीमा आन्तरिक राजनीति सुरु भयो । सोहि क्रममा लिङ्देनले संसाद बिक्रम पाण्डे, बुद्दिमान तामांग, धवल शमशेर राणा, दिपक सिंह, दिपक बोहोरा लगाएतसंग छुट्टाछुट्टै भेट गरे ।

सबैलाई मन्त्री बनाउने आस्वासन समेत दिए । त्यसपछि संसदीय दलको नेता चयन गर्ने समयमा तिनै नेता मार्फत पार्टीको अध्यक्ष नै दलको नेता हुने प्रस्ताव बिक्रम पाण्डे मार्फत पेश गर्न लगाए । पाण्डेले पेस गरेसंगै राजेन्द्र लिङ्देन संसदीय दलको नेता चयन भए । यसपछि अहिले पार्टीमा आन्तरिक विवाद उग्र बन्दै गएको हो, जसले गर्दा अहिले पार्टी विभाजनको संघारमा पुगेको छ ‘ उनले भने ।

उनको भनाई अनुसार जबरा बहुमत सांसदलाई साथ लिएर पार्टी विभाजनको तयारीमा छन् । जसका लागि आन्तरिक गृहकार्य समेत भईरहेको छ । ‘पार्टीका दश भन्दा बढी सांसदलाई साथमा लिएर पार्टी विभाजनको तरखरमा उहाँ (पशुपति शमशेर जबरा) हुनुहुन्छ’, ती नेताले भने, ‘पार्टी विभाजनको अन्तिम अवस्थामा पुगिसक्यो ।’

प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् । राप्रपाका निर्वाचित संसाद बिक्रम पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो ।

सिक्टा सिचाईमा दुई अर्ब १३ करोड ७६ लाख भ्रष्टाचार भएको दाबीसहित बिशेष अदालतमा मुद्दा परेकोमा गत ५ असारमा सफाइ दिएको हो । मुद्दामा सफाइ पाएपछि उनी गत मंसिरको चुनाव लड्न पाएका थिए । चितवन ३ बाट विजयी समेत भए । सर्वोच्चमा मुद्दा गएपछि उनको पद के हुन्छ भन्ने अन्योल देखिएको छ ।

यता सांसद दिपक बोहरा माथि पनि आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार ठहर गरेर मुद्दा चलाएको थियो । अख्तियारमा दर्जनौं भ्रष्टाचारका मुद्दा परेका छन् । ती मुद्दामा दोषी ठहरिए उनको सांसद पद पनि जानेछ । उनी अर्बपति हुन् । उनी नेपाल आयल निगमको जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनी काठका ठेकेदार पनि हुन् ।

यो पनी पढ्नुहोस्

राप्रपा फुटको संघारमा, १० सांसद लिएर छुट्टिने तयारीमा निवर्तमान अध्यक्ष जबरा

राप्रपाका बिक्रम पाण्डेको सांसद पद धरापमा

अख्तियारले कारबाही गर्नुपर्ने दीपक बोहरा खुलेआम चुनावी मैदानमा

आयल निगमकाे जग्गा खरिद प्रकरणमा मुछिएका दीपक बोहराविरुद्ध अख्तियारमा दर्जनौं मुद्दा [भाग-२]

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १५:४३   :  बजे

3.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।