Logo

प्रदेश न. १

बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु



धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान ३ः०० बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । 

मृत्यु हुनेमा इटहरी–१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् । उनी पहिलेदेखि नै दीर्घ रोगी थिए । शवको उचित व्यवस्थाका लागि तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ । 

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  ९ : १३ बजे